default_image

2 years ago

November 7, 2022

नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको निरन्तरता

139 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको साथ निरन्तर रहने भएको छ । धारा तेलले नेपालगन्ज म्याराथनलाई मुख्य प्रायोजन र शिखर प्लाईले सह प्रायोजन गर्दै आएको छ ।

धारा तेल र शिखर प्लाईको प्रायोजन निरन्तर रहने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै मेयर बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताए ।

‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ ’ प्रमुख बिष्टले भने,‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा साझेदारी गर्न तयार छौं ।’

केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए । ‘हामीले उत्पादनको बजारी प्रवद्र्धनका कारण मात्र जोडिएका छैनौं, आयोजकले स्तरोन्नति गर्दै गएको हुँदा हरेक सुखदुखमा साथमा रहेका छौं ’ सिइओ छाजेडले थपे,‘नेपालगन्ज म्याराथनको सहयात्रा निरन्तर दिने सोंचमा छौं ।’

सहप्रायोजक शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथराले धारा नेपालगन्ज म्याराथनको चर्चाले नेपालगन्जको प्रतिष्ठा बढेको अनुभुति हुने भएकाले आफूले सहयात्रालाई निरन्तरता दिइरहेको चर्चा गरे । शिखर प्लाई आजैदेखि वैदेशिक निर्यात हुँदै गरेकोमा खुशी हुँदै उनले भने,‘मेरो २६ बर्षदेखि सपना आज पूरा भएको छ, नेपाली उत्पादन निर्यात गर्दै छौं । धारा नेपालगन्ज म्याराथन पनि हरेक बर्ष स्तरोन्नति भइरहेको छ । यसमा गौरव छ ।’

कार्यक्रममा उपमहानगरपालिका प्रमुख बिष्ट, धाराका सिइओ छाजेड, शिखर प्लाईका प्रबन्धनिर्देशक बोथरा र नेपालगन्ज म्याराथन संस्थापक÷अध्यक्ष टीएस ठकुरीले टिसर्ट सार्वजनिक गरे । आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुने यसअघि नै घोषणा भइसकेको छ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।

होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरु, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.