2 years ago
November 4, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन बिहिबारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।
एम्सले बिहिबार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्नेक्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथनलाई एम्सको वेभसाइट https://aims-worldrunning.org/calendar.html मा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।
‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगन्ज, लुम्बिी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदायमाझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’
एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्कसम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट www.nepalgunjmarathon.com सहित जानकारी उपलब्ध गराइदिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।
एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदायमाझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत साता मात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।
केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । दश बर्षे द्धन्द्धलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथले २०७२ सालदेखि यात्रा आरम्भ गरेको हो । हरेक मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष आम निर्वाचनका कारण मंसिर २४ गते सारिएको हो ।
आठौं धारा नेपालगन्ज म्याराथनमा धारा तेलसँगै होटल सोल्टी वेष्टेन्ड प्रिमियर, शिखर प्लाई, दराज, बडवाइजर बियर, नेपाली पात्रो, हाम्रो खेलकुद डट कम, दैनिक नेपालगन्ज नेपालगन्ज ग्यालेरी, कोहलपुर ग्यालरी लगायतसले सहकार्य गर्दैछन् । धेरैभन्दा धेरै कर्पोरेट हाउसलगायत संघसंस्थालाई आयोजक क्रियटिभ ह्याण्ड्सले सहकार्यका लागि आह्वान गरेको छ । म्याराथनलाई ठाउँको पहिचानसँग स्थापित गर्न र साझा कार्यक्रमका रुपमा विकास गर्न आयोजकले कुनै कसर बाँकी नराखेको जनाएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]