2 years ago
October 30, 2022
नेपालगन्ज (हाम्रोे खेलकुद) – नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । एम्सबाट गत महिना नेपालगन्ज म्याराथनको रुट प्रमाणिकरण भएको थियो ।
नेपालगन्ज म्याराथनअन्तर्गत म्याराथ (४२.१९५किमी) , हाफ म्याराथना ( २१.०९७५ किमी) , १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जनाएका छन् । वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४ सय ५३ रेश आयोजक सदस्य रहेको बताइन्छ ।
नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको अध्यक्ष ठकुरीले बताएका छन् । एम्सको आवद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको विश्वास लिएका ठकुरी भन्छन्, ‘अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउनेछ ।’
सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगन्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगन्ज म्याराथन पुर्ण सफलताको कामना गरेको जनाइएको छ । ‘म तपाई. र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु ।’ पाका बोराओले अध्यक्ष ठकुरीलाई पत्र लेखेका छन् –‘तपाईहरुको यात्रामा हाम्रो एसोसियसन एक महत्वपुर्ण योगदानकर्ता हुनेछ ।’
एम्समा आवद्धताले नेपालगन्ज म्याराथन मात्र नभई समग्र नेपाली म्याराथन तथा रोड रेस धावक तथा प्राविधिक लाभान्वित हुनेछन् । नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए ।
संसारमा लामो इतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ, त्यसका लागि नेपालगन्ज म्याराथन अब एउटा आधार बन्न सक्छ उल्लेख गर्दै ठककुरीले भने, ‘त्यस्तै विदेशी पर्यटकका लागि नेपालगन्ज म्याराथन नयाँ गन्तव्य हुने आशा गर्न सकिन्छ ।’
नेपालको अग्रणी व्यवसायिक प्रतिष्ठान केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेसँगै धारा नेपालगन्ज म्याराथन नामाकरण भएको थियो । नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २४ गते शनिबार हुनेछ ।
क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ ।
पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुने बताइएको छ ।
आठौं धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न आयोजकले बिभिन्न व्यवसायिक प्रतिष्ठानका साथै सामाजिक संघसंस्थालाई आह्वान गरेको छ । आठौं धारा नेपालगन्ज म्याराथन सफल पार्न हालसम्म धारा तेलसँगै शिखर प्लाई, दैनिक नेपालगन्ज, हाम्रा खेलकुद डट कम, जिन्युज टिभी, नेपालगन्ज ग्यालरी, कोहलपुर ग्यालरी जोडिएका छन् । त्यसैगरी सोल्टी वेष्टन प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर बियर सेलिब्रेसन पार्टनर र दराज इकमर्स पार्टनरका रुपमा सहकार्य गरेका छन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]