10 years ago
September 17, 2015
सूर्य नेपाल गल्फ क्लब टुर छनोटका विजेता विकास बोगटीसहित निश्चयजंग रायमाझी र शिवराम पौडेलले व्यवसायिक खेलाडीमा रुपान्तरण भएका छन् । तीन दिने छनोटमा २२ ओभरलाई व्यवसायिक खेलाडी छनोटको आधार बनाइएको थियो ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (नेपाल पिजिए) का सल्लाहकार धनश्याम थापाले व्यवसायिक खेलाडीलाई कार्ड वितरण गरे । व्यवसायिक खेलाडीमा रुपान्तर भएपनि निश्चयजंगले भने कार्ड‘होल्ड’ मा राख्न नेपाल पिजिएलाई आग्रह गरेका छन् । बिहीबार व्यवसायिक खेलाडीमा रुपान्तरण भएका विकास र शिवरामले सूर्य नेपाल गल्फ टुर २०१५÷१६ को टुर खेल्नेछन् ।
टुरको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सेप्टेम्बर २८ बाट गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न छनोटमा पार ६७ को प्रदर्शन गर्दै विकास विजेता बनेका हुन् । अन्तिम दिन बिहीबार विकासले २ ओभर ६९ को प्रदर्शन गरेका थिए । ५४ होलको प्रतिस्पर्धातमा समग्रमा ९ ओभर २ सय १० को कार्ड बनाउँदै विकास विजेता बनेका हुन् । निश्चयजंग दोस्रो र शिवराम तेस्रो भए । ८ ओभर ४७ को प्रदर्शन गरेका निश्चयजंगले समग्रतमा १३ ओभर २ सय १४ को कार्ड बनाए । शिवरामले अन्तिम दिन ७३ को प्रदर्शन गरे र छनोटमा कुल १९ ओभर २ सय २० को कार्ड बनाए ।
पाँच खेलाडीलाई व्यवसायिक खेलाडीको कार्ड दिने योजना नेपाल पिजिएको रहेपनि तीन खेलाडीमात्र सफल भएका छन् । मात्र १ स्ट्रोकका कारण दीनेश नगरकोटीले व्यवसायिक खेलाडीमा रुपान्तरण हुन अर्को बर्ष कुर्नु पर्ने भएको छ । अन्तिम दिन ६ ओभर ७३ को प्रदर्शन गरेका उनले समग्रतमा २३ ओभर २ सय २४ को कार्ड बनाए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]