default_image

3 years ago

October 23, 2022

नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको राखेपको दाबी

701 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म आयोजना भएको नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु मुख्य दायित्व राखेपको भएपनि सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष धेरै सहयोगी हातहरु छन् भन्नेमा कुनै शंका नरहेको जनाएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नवौं राष्ट्रिय खेलकुद सफल पार्न भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार, कास्कीसहित गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाका स्थानिय सरकार, विभिन्न राष्ट्रिय खेल संघ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शैक्षिक संस्थाहरु, विद्यार्थी, सञ्चारकर्मी, स्वयंसेवक, स्थानियवासी, दर्शक, विभिन्न १४ विषयगत उपसमिति, प्रशिक्षक, निर्णायक, खेलाडी, कर्मचारी, प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरुप्रति राष्ट्रिय खेलकुद परिषद् हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छ ।’

राखेपले नवौंमा धेरै नयाँ कुराको थालनी गरेको उल्लेख गर्दै भनेको छ, ‘राष्ट्रिय खेलकुदकै इतिहासमा रनिङ ट्रफीको सुरुआत गर्नु, खेलाडी दर्ता अनलाइन पद्धतिबाट गर्नु, खेलाडीको एन्टी डोपिङ परीक्षण गर्नु, नवौं राष्ट्रिय खेलकुदलाई नै लक्षित गरी वेभसाइट निर्माण गर्नु, मोबाइल एप सञ्चालनमा ल्याउनु, खेलाडीहरुको विस्तृत अध्ययन तथा अनुसन्धान लगायत रहेका छन् । यसले नेपाली खेलकुदको विकासमा दीर्घकालीन प्रभाव पार्ने छ ।’

राखेपको पोखरामा कात्तिक २ गते बसेको १ सय १५ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गर्दै झण्डा हस्तान्तरण गरेको स्मरण गर्दै, सदस्य सचिव घिसिङले भनेका छन्, /१० औं राष्ट्रिय खेलकुदलाई अझ भब्य र सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् समयमै तयारी थाल्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।’

नवौंका दौरान प्याराग्लाइडिङका खेलाडी निसिम थापालाई गुमाउनु परेको उल्लेख गर्दै दुखद घडीमा राखेपले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ । निसिमको सम्मानमा पोखरा रंगशाला हाता भित्र शालिक निर्माण गर्ने राखेपले दोहोराएको छ ।

नवौंमा ११ टिमका ६ हजार १ सय २७ खेलाडीले कुल ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेकोमा सर्वाधिक १ सय ७२ स्वर्णसहित विजेता भइ रनिङ ट्रफी हासिल गर्न सफल भएकोमा त्रिभुवन आर्मी क्लबलाई राखेपले बधाई ज्ञापन गर्नुका साथै अन्य टिमका पदक विजेता खेलाडी र सहभागी टोलीलाई पनि धन्यवाद दिएको छ ।

September 18, 2025

नेपाली खेलाडीले विश्व क्याडेट चेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीवार कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्। विश्व बुद्धिचाल महासङ्घ (फिडे) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सेप्टेम्बर १९ देखि ३० सम्म हुने प्रतियोगितामा ८० भन्दा बढी देशका १ सय ७६ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। खेल १२ वर्ष मुनिका खेलाडीबीच ११ राउण्ड स्विस प्रणाली अन्तर्गत सञ्चालन […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

Success

Thank you for your time.