2 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । सुरुवातबाट पदक तालिकामा अग्रता लिएको आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो ।
आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । सातौं देखि आर्मी लगातार टिम च्याम्पियन रहँदै आएको छ । पछिल्लो दुई संस्करण जस्तै शीर्ष ३ मा विभागिय टोली रहे । त्यसअघि राष्ट्रिय खेलकुदको सुरुवाती तीन संस्करण बागमती अञ्चल र चौथो देखि छैटौंसम्म मध्यमाञ्चल च्याम्पियन बनेको थियो ।
गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफ क्लब २ सय १९ पदक जित्दै दोस्रो स्थानमा रह्यो । एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ ।
कुल १ सय ९५ पदक जितेको नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । पुलिसले ६१ स्वर्ण, ६१ नै रजत र ७३ कास्य पदक जितेको छ । प्रदेशतर्फ अगाडि रहेको गण्डकी प्रदेश १ सय २० पदकका साथ पदकतालिकाको चौथो स्थानमा रहेको छ । गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक जितेको छ ।
पदक तालिकाको पाँचौ स्थानमा रहेको बागमतीले कुल १ सय ४५ पदक जित्यो । जसमा २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक छ । प्रदेश १ अंकतालिको छैटौं स्थानमा रह्यो । प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरि कुल ८३ पदक जितेको छ । सातौं स्थानको सुदूरपश्चिम प्रदेशले समान १०-१० स्वर्ण र रजत तथा ४३ कास्य गरि कुल ६३ पदक जितेको छ ।
आठौं स्थानको एनआरएनएनले १० स्वर्ण, ९ रजत र ७ कास्य गरि कुल २६ पदक जितेको छ । नवौं स्थानको लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरि ६८ पदक जित्यो । दशौं स्थानमा रहेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरि ३९ पदक जित्न सफल भयो । दशौं राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश पदक तालिकाको पुछारमा रह्यो । कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कास्य गरि कुल १८ पदक जितेको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक यसै राष्ट्रिय खेलकुदमार्फत च्याम्पियनसिप ट्रफी प्रदान गर्दैछ । ट्रफी १० लाख रुपैयाँमा तयार भएको राखेपले यसअघि नै जानकारी दिइसकेको छ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]