2 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्बलले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडको महिला र पुरुष दुवै स्पर्धामा स्वर्ण जितेको छ ।
पोखरा रंगशालामा विहीबार महिलातर्फको ४ गुणा ४ सय मिटरमा आर्मीले दोस्रो स्थानमा दौड पूरा गरेपनि एपिएफ डिस्क्वालीफाइ हुँदा स्वर्ण जितेको हो । एपिएफले पहिलो स्थानमा दौड पूरा गरेपनि लेन चेन्ज गर्ने क्रममा गल्ती गरेपछि पदकबाट बन्चित भयो । रिलेमा दोस्रो ल्यापको पहिलो टर्न पूरा नहुँदै एपिएफले लेन चेन्ज गरेपछि निर्णायकले रेस चलिरहँदा अयोग्य भएको बताएका थिए ।
आर्मीको सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरी सम्मिलित टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेको हो । निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु आबद्ध लुम्बिनी प्रदेशले ४ मिनेट १४.८० सेकेन्डमा रजत पदक जितेको छ । अन्जु खड्का, राजीना दुलाल, स्वागता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।
पुरुषतर्फ भएको ४ गुणा ४ सय मिटरमा पनि आर्मीले स्वर्ण पदक जितेको छ । सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवार आबद्ध आर्मी टिमले ३ मिनेट १८.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जित्न सफल भयो ।
निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपाली आबद्ध एपीएफले ३ मिनेट २५.८२ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भयो । अमृत बोट, सहन चन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मलित पुलिसले ३ मिनेट २९.३५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदक जितेको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]