3 years ago
October 20, 2022
प्रकाश तिमल्सिना, पोखरा
नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाडिङमा प्रतिस्पर्धा गर्ने क्रममा आइतबार खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका निसिम थापाको अर्धकदको शालिक राख्नुको साथै मानार्थ स्वर्ण पदक प्रदान गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको बुधबार साँझ पोखरामा बसेको बैठकले पोखरा रंगशालाको हाता भित्र निसिमको अर्धकदको शालिक राख्ने निर्णय गरेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । उनका अनुसार निसिमको सम्मानमा मानार्थ स्वर्ण पदक प्रदान गरिनेछ ।
आइतबार उडेको केहि मिनेटमै निसिमको प्याराग्लाइडिङ खसेर मृत्यु भएको थियो । निसमले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा भाग लिएका थिए । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहँदा अकस्मात झण्डै एक सय मिटर माथिबाट जमिनमा खसेको प्रहरीले जनाएको थियो ।
उपचारका लागि मेट्रोसिटी अस्पताल पुरइएका उनलाई डाक्टरले चेकजाँचपछि मृत घोषित गरेका थिए ।विमा वापत निसिमको परिवारले राष्ट्रिय विमा स्थानबाट १० लाख रुपैयाँ प्राप्त गर्ने र थप सहयोगका लागि पनि राखेपले पहल गर्ने सदस्य सचिव घिसिङले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्री समेत रहेका राखेपका अध्यक्ष महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा २०८१ सालमा आयोजना गर्ने निर्णय भएको छ । महिना र गते पनि नवौं राष्ट्रिय खेलकुदको समापनका दौरान हुने सम्भावना रहेको सदस्य सचिव घिसिङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद बिहाबार समापन हुँदैछ ।
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ । पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। ५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए। तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण […]
September 20, 2025
सुशील पन्त क्षेत्री,चितवन चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन […]
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]