2 years ago
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामाको ट्र्याकमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् ।
जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै ४ महिनामा नै उनले आफ्नो कीर्तिमान भंग गरेकी हुन् । काठमाडौंमा असारमा उनले १ मिनेट ०७.२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
महिला ४ सय मिटर हडल्समा एपएफकी भागरतीकुमारी थारु १ मिनेट ०६.०६ सेकेन्डका साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक जितेकी छिन् । भागरतीले यसअघिको जयरानीको यसअघिको कीर्तिमान भन्दा समयमा सुधार गरेकी छिन् ।
आज बिहान त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । एपिएफका धावक गोपीचन्द्र पार्कीले राखेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनएका थिए । दीपकले उनले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेन्ड (ह्यान्ट टाइमिङ) मा पूरा गरको थिए ।
गोपीले यसअघि सन् २०१४ मा इन्चोन एसियाडमा ३० मिनेट ३०.९९ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान राखेका थिए । आज एपिएफका गोपीचन्द्रले ३० मिनेट ३८.३२ सेकेन्डमा दुरी पार गर्दै रजत जित्न सफल भए । उनले आफ्नो व्यक्तिगत प्रदर्शन भने सुधार्न सकेनन् । ३० मिनेट ४९.५० सेकेन्डमा दुरी पार गर्दै आर्मीका राजेन्द्र राईले कास्य पदक जिते ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]