2 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार १४ खेल सुरु हुँदैछन् । नवौंअन्तर्गतको पुरुष क्रिकेट गत महिना नै काठमाडौंमा सम्पन्न भएको थियो भने केहि खेल उद्घाटन अघि नै सुरु भएका थिए ।
जसमा महिला क्रिकेट, फेन्सिङ, फुटबल (महिला//पुरुष), भलिबल (महिला/पुरुष), ह्यान्डबल थिए । त्यसमध्ये फेन्सिङ शुक्रबार नै सम्पन्न भइसकेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा शुक्रबार नवौंको उद्घाटन गरेका थिए ।
कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका पोखरा रंगशालासहित कास्कीका विभन्न स्थान र गण्डकी प्रदेशका अन्य जिल्लामा केहि खेल सुरु भइसकेका छन् भने केहि खेल शुक्रबार सुरु हुनेछन् ।
नवौंमा ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेल हुनेछन् । ६ हजार बढी खेलाडीको सहभागिता रहेको नवौंमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
असोज २९ गते सुरु हुने प्रतियोगिता
आर्चरी – पोखरा रंगशाला, अर्चरी मैदान (कात्तिक २ गते सम्म)
टेबल टेनिस- कोल्माबहाकोट समाज हल पोखरा (कात्तिक २ गते सम्म)
रग्बी –(महिला पुरुष)- भण्डारढिक खेल मैदान, पोखरा (कात्तिक २ गते सम्म)
उसु -पोखरा रंगशाला, बहुउद्देश्यी कर्भड हल (कात्तिक ३ गते सम्म)
सेपाकताक्रो -(महिला पुरुष) नवलपुर, कावासोती (कात्तिक २ गते सम्म)
एथलेटिक्स -पोखरा रंगशाला (कात्तिक ३ गते सम्म)
शारीरिक सुगठन– सभागृह हल पोखरा (असोज ३१ गते सम्म)
भारोत्तोलन – उद्योग बाणिज्य संघ, पोखरा (कात्तिक २ गते सम्म)
कुस्ती – गैडाकोट, नवलपुर (कात्तिक १ गते सम्म)
ब्याडमिन्टन – पोखरा रंगशाला ब्याडमिन्टन कभर्ड हल (कात्तिक २ गते सम्म)
स्क्वास – पोखरा रंगशाला स्क्वास भवन (कात्तिक ३ गते सम्म)
प्याराग्लाइडिङ– सराङकोट, पोखरा (कात्तिक ३ गते सम्म)
पौडी- फिस्टेल एकेडेमी, पोखरा (कात्तिक १ गते सम्म)
कराते– कुस्मा, पवर्त (कात्तिक २ गते सम्म)
सुरु भइसकेका प्रतियोगिता
महिला क्रिकेट– (पोखरा रंगशाला, क्रिकेट मैदान)
ह्यान्डबल– (पोखरा रंगशाला, बहुउद्देश्यीय कर्भड हल)
तेक्वान्दो -(म्याग्दी)
महिला भलिबल– (म्याग्दी)
पुरुष भलिबल– (पोखरा रंगशाला, भलिबल कोर्ट)
महिला फुटबल– (स्याङ्जा)
पुरुष फुटबल -(गोस्टेघाट, पोखरा)
बुद्धिचाल -(गोरखा)
सम्पन्न भइसकेका प्रतियोगिता
पुरुष क्रिकेट
फेन्सिङ
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]