2 years ago
October 14, 2022
गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् ।
खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका विश्वविजय घिमिरेलाई पराजित गरे । त्यस्तै आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज बि.क बीच भएको प्रतियोगिता ‘ड्र’ भएको छ ।
खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रसान्त दासलाई पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजित गरे । बागमतीका निकेन कुसताले आफ्नै प्रदेशका राजीव कार्कीलाई हराए । महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बागमतिकी लक्ष्मी कँडेलले सशस्त्रकी गीता जैसवाललाई पराजित गरिन्। एनआरएनकी बिनिता कपालीले मधेसकी संगीता महतोलाई पराजित गरिन् । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]