default_image

2 years ago

October 14, 2022

फेन्सिङमा आर्मी टिम च्याम्पियन

506 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कांस्य, गण्डकीले ४ कांस्य पदक तथा प्रदेश १ ले ३ कांस्य पदक जिते । प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाको समूहले प्रतिस्पर्धा गरेको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा एपिएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो भए । बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापाको समूह तेस्रो भयो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.