2 years ago
October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाहले आइतबार जाजरकोट प्रदेश ‘ख’ बाट उम्मेदवारी दिएका हुन् ।
यसअघि उनी जाजरकोटबाट संघिय सदस्यका प्रत्यासी थिए । संविधान सभा सदस्य रहेका शाह यसपटक गठबन्धनबाट उम्मेदवार बनेका हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठसहित दर्जन बढी पूर्व खेलाडी तथा खेल पदाधिकारीले संघिय र प्रदेस सभामा उम्मेवदारी दिएका छन् । गहतराज बाँके क्षेत्र नं १ र श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट पाँच दलिय गठबन्धनका उम्मेदवार बनेका हुन् ।
पूर्व फुटबल खेलाडी तथा एन्फाका पूर्व अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष समेत रहेका पूर्व उपप्रधान मन्त्री नेकपा एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रेका छन् ।
एनओसीका पूर्व अध्यक्ष तथा नेपाल जिम्याष्टिक संघका अध्यक्ष ध्रुबबहादुर प्रधान नवलपरासी पश्चिम क्षेत्र नं २ बाट राप्रपाको प्रत्यासी छन् । भलिबलका पूर्व राष्ट्रिय खेलाडी प्रहरीका पूर्व डिआइजी खरेल नेपाल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र नं १ बाट चुनावी मैदानमा छन् । कराते प्रशिक्षक ध्रुव विक्रम मल्ल राप्रपाबाट काठमाडौं ७ को निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । शाहसहित ८ जना खेल पदाधिकारीले प्रदेश सभामा उम्मेवदारी दिएका छन् ।
संघिय सांसदका खेलकर्मी उम्मेदवार
-जीवनराम श्रेष्ठ, नेकपा समाजवादी (काठमाडौं क्षेत्र नं ८)
-महेश्वरजंग गहतराज (अथक), माओवादी केन्द्र (बाँके क्षेत्र नं. १)
-कमल थापा, राप्रपा नेपाल (मकवानपुर क्षेत्र नं १)
-ध्रुबबहादुर प्रधान, राप्रपा (नवलपारी पश्चिम क्षेत्र नं २)
-रमेश खरेल, नेपाल सुशासन पार्टी ( काठमाडौं क्षेत्र नं १)
-ध्रुबविक्रम मल्ल, राप्रपा (काठमाडौं क्षेत्र नं ७)
प्रदेश सांसदका खेलकर्मी उम्मेदवार
-राजीव विक्रम शाह, नेपाली कांग्रेस (जाजरकोट, ख)
-सुरेन्द्र हमाल, नेपाली कांग्रेस (बाँके क्षेत्र नं २,क)
-दीर्घबहादुर केसी (कुमार), नेपाली कांग्रेस ( रुपन्देही, क्षेत्र नं २,क )
-मीनकृष्ण महर्जन, नेपाली कांग्रेस (ललिपुतर १,ख)
-भीम ओली, नेकपा एमाले ( बाँके क्षेत्र नं ३ ख)
-प्रकाश बराल, नेपाल कांग्रेस ( कास्की क्षेत्र नं ३,ख)
-दीपक कोइराला, नेकपा माओवादी (कास्की क्षेत्र नं १, क)
-अशोक खड्का, स्वतन्त्र (काठमाडौं क्षेत्र नं २,ख)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]