2 years ago
October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढा एसियाको ट्रेल रनिङ वरियताको शीर्षस्थानमा पुगेकी छिन् । ट्रेल रनिङ एसोसिएसनले जारी गरेको वरियतामा सुनमाया एसियामा महिलातर्फ वरियताको शीर्षस्थानमा पुग्न सफल भएकी हुन् ।
अन्तर्राष्ट्रिय अल्ट्रामा सुनमाया दि नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धा गर्दै आएकी छिन् । वरियताको दोस्रो स्थानमा चीनकी फुजाओ सियाङ र तेस्रो स्थानमा जापानकी योसिजुमी रहेकी छन् । वरियताको चौथोदेखि छैटौं स्थानसम्म चिनियाँ खेलाडी नै छन् । जुम्लाकी सुनमाया भदौमा फ्रान्समा भएको अल्ट्रा रेस मोन्ट ब्लांक (युटिएमबी) को एक सय किलोमिटर विधामा दोस्रा भइकी थिइन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।
गत वर्ष पुसमा थाइल्याण्डमा भएको एसियाकै ठूला अल्ट्रा ट्रेल रनिङको उपाधि जितेकी थिइन् । त्यहि जितले उनी फ्रान्समा भएको विश्व च्याम्पियनसिपको मान्यता पाएको अल्ट्रा रेस मोन्ट ब्लांकमा छनोट भएकी थिइन् । थाइल्यान्डको १ सय १० किलोमिटर अल्ट्रा दौड सुनमायाले १४ घन्टा ५४ मिनेट ०१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । फ्रान्समा उनले आफ्नो समयमा सुधार गरेकी थिइन् ।
सोहि विधामा अर्की अल्ट्रा धाविका मिरा राई दोस्रो भएकी थिइन् । २ हजार भन्दा बढीले भाग लिएको ट्रेलमा सुनमाया महिलातर्फ विजेता र समग्रमा तेस्रो स्थान प्राप्त गरेकी हुन् । सुनमायाले ओपलम्प्यिन हरि रोकायाले जुम्लाको खलंगामा स्थापना र प्रशिक्षण दिने कर्णाली स्पोर्टस्सबाट दौडको औपचारिक प्रशिक्षण सुरु गरेकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]