2 years ago
October 7, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले भारतीय टुर अन्तर्गत पिजिटिआई प्लेयर्स च्याम्पियनसिपमा आठौं भएका छन् । पिजीटीआईमा यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
हरियाणास्थित पञ्चकुला गल्फ क्लबमा संचालित भारतीय रुपैयाँ ५० लाखको प्रतियोगिताको चौंथो तथा अन्तिम राउण्डमा शुक्रबार शुक्रले २–अण्डर ७० को कार्ड बनाउँदै ११–अण्डर २ सय ८८ को स्कोर खडा गरे । शुक्रले एक स्थान सुधार गर्दै भारतीय गल्फर मनु गन्डाससँग आठौं स्थान बाँडे ।
शुक्रले फ्रन्ट नाईनमा २–अण्डर ३४ मा सकाउँदा ब्याक नाईन ईभन–पार ३६ मा पूरा गरे । दिनको सुरुआत बोगीबाट गरेका शुक्रले तेश्रो, छैठौं र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाईनमा उनले १०औं र १७औं होलमा एक–एक सट खेर फाल्दा १४औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
ईभन–पार ७२को स्कोर सहित पहिलो दिन संयुक्त ५०औं स्थानमा रहेका शुक्रले दोस्रो दिन ३–अण्डर ६९ खेले र तेश्रो राउण्डमा ६–अण्डर ६६ को उत्कृष्ट कार्ड बनाए । भारतीय गल्फ टुरको पहिलो सिजन खेलिरहेका शुक्रको यो पहिलो टप १० फिनिस हो ।
गत हप्ता सम्पन्न कपिल देव–ग्रान्ट थोर्नटन इन्भिटेशनल प्रतियोगितामा शुक्र पहिलो पटक उत्कृष्ट २० मा पर्न सफल भएका थिए ।
आठौं स्थानमा खेल सकाउँदा शुक्रले १ लाख १८ हजार १ सय २५ भारतीय रुपैयाँ प्राप्त गरे । कुल भारु ३ लाख ७३ हजार ७८ सहित उनी अर्डर अफ मेरिटमा ६७औं स्थानबाट ६५औं स्थानमा उक्लिएका छन् । टप ६० भित्र सिजनको अन्त्य गर्न सफल खेलाडीहरुको कार्ड आगामी सिजनको लागी सुरक्षित रहनेछ । शुक्रले क्वालिफाईङ स्कुलमा उत्कृष्ट प्रदर्शन गर्दै चालु सिजनको फूल कार्ड पाएका हुन् ।
दोश्रो स्थानबाट दिनको शुरुआत गरेका भारतीय गल्फर युवराज सिंह सान्ढु १९–अण्डर २६९ स्कोरका साथ उपाधि जितेका छन् । अन्तिम दिन उनले ४–अण्डर ६८ को कार्ड बनाए। अर्का भारतीय खेलाडी अजितेश सान्ढु र पहिलो दुई राउण्डका लिडर जमाल होसैन १८–अण्डर २७० को स्कोर सहित सम्युक्त दोश्रो भए। अजितेश ७–अण्डर ६५ खेल्दै तीन स्थान माथी उक्लिए भने होसैनले ६–अण्डर ६६ खेलेर एक स्थान सुधार गरे ।
श्रीलंकन प्रो एन थंगराजा १६–अण्डर २७२ सहित चौंथो भए भने अघिल्लो दिनका लिडर बंगलादेशी गल्फर बादल होसैन पाचौं स्थानमा झरे। बादलले अन्तिम १८ होलमा १–ओभर ७३ खेले। भारतीय खेलाडी खालिन एन जोशी छैठौं र हनी बैसोया सातौं भए। शुक्र र मनु आठौं हुँदा ओम प्रकाश चौहान सहित सूर्य नेपाल मास्टर्सका पूर्व बिजेताद्वय राशिद खान र अभिजीत सिंह चड्डा सम्युक्त १०औं स्थानमा रहे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]