default_image

2 years ago

October 6, 2022

मञ्च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झौता

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने विषयमा सम्झौता भएको छ ।

इटलीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधबार सम्झौता भएको मञ्चले जनाएको छ । सम्झौतामा पत्रकार मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुबेदी र केएसपीयुका तर्फबाट अध्यक्ष जोङ को याङ ले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार केएसपीयूले मञ्चले एनएसजेएफ एकेडेमी मार्फत गर्ने विभिन्न कार्यक्रम तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्न आयोजना गर्दै आएको प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । जस अन्तर्गत अनुसन्धान, प्रशिक्षण, छपाई तथा एक्सचेञ्ज प्रोगामहरु रहनेछन् ।

सहमति पत्रमा हस्ताक्षर गरेपछि मञ्चका अध्यक्ष सुवेदीले भने,’सम्झौता पछि मञ्चले आफ्नो सदस्यहरुको क्षमता अभिबृद्धिमा थप कार्यक्रम गर्न मद्दत मिल्नेछ । हामीले सदस्यहरुलाई कोरियामा पठाएर समेत एक्सचेञ्ज प्रोगाम अन्तर्गत विशेष फाइदा मिल्न सक्ने विश्वास लिएका छौं।’

केएसपीयुका अध्यक्ष जोङले भने , ‘मञ्चका गतिविधिबाट हामी पहिलेदेखि नै प्रभावित भएको हुनाले त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उदेश्यले हामीले यो सम्झौता गर्न मञ्चलाई नै रोजेका हौं।’

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.