2 years ago
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बडा दशै महाभिडन्त रिङ रेस्लिङको हेभी वेटमा किङ रोबर्ट विजयी भएका छन् । रोबर्टले नुवाकोटे टाइगरलाई हराउँदै वेल्टसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङको महिलातर्फ तनु विजयी भइन् । उनले आकृतीलाई हराएकी थिइन् । तनुले ६५ हजार रुपैयाँ प्राप्त गरिन् । नुवाकोटको गुर्जेस्थित कालिका माविको मैदानमा शनिबार भएको रेस्लिङको लाइ वेटमा सिजी वल्र्ड च्याम्पियन बने । उनले सुजललाई हराउँदै ५५ हजार रुपैयाँ पुरस्कार जितेका थिए ।
स्पाइडरम्यान र बाकाको जोडीले टुपी ग्याङलाई हराउँदै ट्याग टिम उपाधि जित्यो । स्पाइडर म्यान र बाकाको जोडीले ८५ हजार रुपैयाँ प्राप्त गर्यो । ट्रिपल थ्रेटमा चट्टान विजयी भए । उनले साइनलाई हराउँदै ७५ हजार रुपैयाँ प्राप्त गरे ।
शिवपुरी गाँउपालिकाको सह आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई पूर्व उप प्रधानमन्त्री इश्वर पोखरेल, शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया, नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]