default_image

2 years ago

September 29, 2022

सुवासलाई नेपाल टुरिजम एमेच्योर गल्फ उपाधि

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार सुवासले ५४ ओभर होल खेल्दै १० अन्डर २०८ को कुल स्कोरमा थ्री–अण्डर ६९ को राउन्ड कार्ड बनाएर उपाधि जितेका हुन् । उनले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पारे ।

टासी तीन ओभर २१९ को कुल स्कोरका साथ दोस्रो स्थानमा रहे । टोसीले बिहीबार ७३ बढी स्कोर गरे । वाञ्चेन धोन्डुप पाँच ओभर २२१ र सम पार ७२ रन बनाएर तेस्रो भए । कतारका सेलाह अली लकाबी ६ ओभर ७८ मा आठ ओभर २२४ रन बनाएर चौथो र सद्भाव आचार्य पाँचौ स्थानमा रहे । सद्भावले ९ ओभर २२५ मा ५ ओभर ७७ रन बनाए । यो प्रतियोगिता विश्व एमेच्योर वरीयताको गल्फ प्रतियोगितासमेत हो ।

महिलातर्फ कश्मिरा शाहले १५ ओभर ८७ को खराब राउण्ड खेलेपनि २४ ओभर २ सय ४० को कुल स्कोरका साथ पहिलो भइन् । सुष्मा सिग्देलले ४५ ओभर २६१ रन बनाएर उपविजेता भइन् । बिहीबार १३ ओभर ५ रनको कुल स्कोरमा ४७ ओभर २६३ खेलेर सोनिया अख्तर तेस्रो भइन् । रिंकी अख्तर ५१ ओभरको कुल स्कोरका साथ चौथो, १९ ओभर ९१ राउण्ड खेलेकी प्रतिभा राई पाँचौ स्थानमा रहिन् । ५२ ओभर २६ को कुल स्कोरमा उनले बिहीबार २३ ओभर ९५ को राउन्ड खेले ।

१८ होल स्टेबल फोर्डमा खेलिएको खेलमा नोर्बु छिरिङ शेर्पाले ३९ अंकसहित पहिलो भए । धुन्दुल नामग्याल ३५ अंकसहित दोस्रो भए । महिलामा आइस्टिन टण्डन बिजेता र अर्सिया बानो दोस्रो भइन् । सिनियर्सतर्फ सुरेश बानियाँ पहिलो र एमबि राउत दोस्रो भए । जुनियरमा अभिमन्यु कार्की विजयी भए । सालेह अली लकाबी लङ्गेस्ट ड्राइभ र डा. मुकेश जोशीले क्लोसेस्ट टु दि पिनको उपाधि जिते ।

५४ होल इभेन्टमा जम्मा ३४ गल्फरले सहभागिता जनाएका थिए । नेपाल गल्फ संघले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना गरेको प्रतियोगितामा गोकर्ण फरेस्ट रिसोर्ट, केइएलएमई, काल्र्सबर्ग, होटल रोयल सिंगी र आइएमएसको पनि सहयोग रहेको थियो ।

विजेताहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपालका लागि कतारका राजदूत महामहिम युसुफ बिन मोहम्मद अल हेल, एनजीएका अध्यक्ष टासी घले, उपाध्यक्ष तिलक राई र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.