2 years ago
September 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत बिहीबार काठमाडौंको बसन्तपुरमा प्रदर्शनी गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा बिहीबार बिहान च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा बसन्तपुरमा ट्रफी प्रदर्शनी गरिएको हो । ट्रफी अवलोकन गर्दै मेयर बालेनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरे ।
विश्व सम्पदा सूचीमा सूचिकृत रहेको पाटन दरबार स्क्वायरमा पनि बुधबार ट्रफी प्रदर्शनी गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन लगायतको उपस्थिति रहेको थियो। मेयर महर्जनले राष्ट्रिय खेलकुदको सफलताका लागि शुभकामना व्यक्त गर्दै बागमती प्रदेशले जितेको खण्डमा नगरपालिकाको तर्फबाट खेलाडीलाई पुरस्कृत गरिने बताए ।
बुधबार नै विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा ट्रफी प्रदर्शनी गरिएको थियो । त्यस्तै आइतबार स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । ट्रफी टुर अन्तर्गत यस अघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती, कर्णाली र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो ।
ट्रफीलाई बिहीबार नै अपरान्ह मधेश प्रदेशको रामजानकी मन्दिरमा प्रदर्शनीमा राखिएको थियो। अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल गण्डकीको पोखरामा असोज २३ गते लगिने छ । पोखरामा ट्रफीलाई नगरपरिक्रमा गराईने छ ।
ट्रफी टुरका लागि राखेपले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् । नवौ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]