2 years ago
September 29, 2022
दिपक बोहोरा, पाँचथर
ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथन ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा पूरा गर्दै तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए ।
त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र सोही क्लबका राज मेन्याङबो तेस्रा भएका थिए । खगेन्द्रले राजनलाई १ सेकेन्डले जितेका हुन् । खगेन्द्रले ४ घन्टा १२ मिनेट ५७ सेकेन्ड र राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दुरी पार गरे ।
दलबहादुरले १ लाख ५१ हजार, खगेन्द्रले १ लाख ३१ हजार र राजनले १ लाख ११ हजार रुपैयाँ प्राप्त गरे । म्याराथमा १ सय ३५ जना सहभागिता रहेको आयोजकले जनाएको छ । सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको म्याराथन सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]