default_image

2 years ago

September 25, 2022

सशस्त्र प्रहरी बलसँगै ३ ठाँउमा ट्रफी प्रदर्शन

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । आइतबार नै स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो ।

ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रहेको ट्रफी टुर कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिरा राई रहेका छन् ।

यसअघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिरमा ट्रफी लगिने छ । राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.