default_image

2 years ago

September 25, 2022

राई र शेर्पा काँग्रेसको समानुपातिक बन्द सूचीमा

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल पदाधिकारी रहि सकेका मोहन राई र कर्मा छिरिङ शेर्पा नेपाल काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको बन्दसूचीमा परेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले निर्वाचनमा आयोजनमा बुझाएको १ सय १० बन्द सूचीमा राई र शेर्पा समेटिएका हुन् । काग्रेसको बन्द सूचीमा राईको नाम ३४ औं र शेर्पाको नाम ३६ औं नम्बरमा रहेको छ । संविधान सभा सदस्य समेत रहिसकेका राई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष हुन् । त्यसअघि उनी लामो समय राखेप सदस्य रहेका थिए । राई कराते र तेक्वान्दो दुवैका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

राखेपका पूर्व सदस्य समेत रहेका शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष हुन् । शेर्पाले भने लामो समय विधार्थी र तरुण दलको राजनीतिमा संलग्न थिए । निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशको सिफारिस हुँदै कांग्रेसको केन्द्रिय समितिले समानुपातिकको बन्द सुची आयोगमा बुझाएको हो । राई काठमाडौं क्षेत्र नं १ र राई काठमाडौंकै ४ नम्बरबाट सिफारिस भएका थिए ।

आयोगले असोज १० देखि १६ गते सम्मका लागि रानीतिक दलहरुको उम्मेदवारको बन्द सूची संसोधन गर्ने समय तोकेको छ । उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाश भने कात्तिक ९ गते हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.