2 years ago
September 23, 2022
हिमाल खरेल, बिर्तामोड
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टोलीको घोषणा भएको छ । खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो ।
बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । टोलीमा सबैभन्दा बढी झापा र धनकुटाका खेलाडी छन् । यी जिल्लाबाट समान ४ खेलाडी छनोट भएको बोर्डले जनाएको छ ।
झापाबाट सुस्मिता चौधरी, छत्रिका चौधरी, ममता राउत र लक्ष्मी श्रेष्ठ तथा धनकुटाबाट निशा थुलङ, अन्जना थुलुङ, तीर्थकुमारी लिम्बू र अनिता गुरुङले प्रदेशको प्रतिनिधित्व गर्ने छन् । झापाबाट ममता र लक्ष्मी फरवार्ड तथा छत्रिका र सुस्मिता डिफन्डर हुन् ।
त्यस्तै, मोरङबाट ३ जना, कल्पना कार्की, केरोन लिम्बू र सन्जु तामाङ टोलीमा परेका छन् । सुनसुरीबाट प्रतिक्षा राई, जिना बिस्ट र आशिका बोहोरा गरि ३ जना छानिएका छन् । ताप्लेजुङबाट अनुसा थेबे र अनुसा लिम्बू, सोलुखुम्बुबाट झरना राई, उदयपुरबाट चुम्लुङ्गमा राई, पाँचथरबाट प्रविना कालिकोटे र इलामबाट जेनिफर रमा छनोट भएको उपाध्यक्ष कार्कीले जनाइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]