default_image

2 years ago

September 18, 2022

पुलिस ब्वाइजलाई फुटसल उपाधि

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पुलिस ब्वाइज २०७१ ले डिकप्स एनकप्स एल्मुनी फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल प्रहरी स्कुलको ब्याच नम्बर २०६० ले शनिबार आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई १–० ले हराउँदै पुलिस ब्वाइजले उपाधि जितेको हो ।

मनोकामना फुटसल गोकर्णेश्वरमा भएको प्रतियोगितामा आयोजक टोलीका सिद्धार्थ बहादुर सिंह उत्कृष्ट खेलाडी चुनिएका थिए । सर्वाधिक गोलकर्ता बनेका ब्याच नम्बर २०६८ का विक्रान्त रानाले ५ गोल गरेका थिए ।

एक दिने फुटसल प्रतियोगितामा नेपाल प्रहरी स्कुलका पूर्व विधार्थी सम्मिलित १४ टोलीको सहभागिता रहेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.