2 years ago
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् ।
ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै प्रदेश र ३ विभागिय टोली (सेना, प्रहरी र शसस्त्र प्रहरी) बलमा ट्रफी लगिने बताइएको छ ।
ओलम्पियन दीपक विष्ट संयोजक रहेको ५ सदस्यीय ट्रफी टुर कार्यदलमा भलिबल कप्तान अरुणा शाही, अल्ट्रा धाविका मिरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का रहेका छन् ।
ट्रफी शनिबार बिहान सुदूरपश्चिमाञ्चलमा प्रदर्शनीका लागि राखिने छ।
त्यस्तै असोज २ गते लुम्ती प्रदेशमा लगिने ट्रफीको मायादेवी मन्दिरमा फोटो सेसन गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । त्यस्तै असोज ३ गते ट्रफी बागमती प्रदेशको राजधानी हेटौडामा प्रदर्शनमा राखिनेछ । असोज ७ गते त्रिभुवन आर्मी क्लबमा र असोज ८ गते प्रदेश १ मा ट्रफी प्रदर्शनीमा राखिने छ ।
असोज ९ गते पुलिस र एपिएफको मुख्यालयमा राखिने ट्रफी असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत पुर्याइनेछ । असोज १३ गते मधेश प्रदेशमा प्रर्दशनीपछि नवौंको आयोजक गण्डकी प्रदेशमा असोज २३ गते प्रदर्शनमा राखिनेछ । असोज २८ गते देखि कात्तिक ३ गते सम्म नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।
निलेन्द्रराज श्रेष्ठले कल्पना गरेको ट्रफी श्याम तुलाधरसहितको ५ सदस्यीय शिल्पकारले तयार पारेका थिए । ट्रफी ४ सय ५० घन्टामा तयार पारिएको बताइएको छ । जसका लागि ५ केजी चाँदी, २ तोला सुन प्रयोग भएको छ भने त्यसको कुल लागत १० लाख रुपैयाँ रहेको जनाएको छ । त्यसमा नेशनल गेम ट्रफी लेखिएको छ ।
ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, ट्रफी टुर कार्यदलका सदस्यलगायतको उपस्थिति थियो ।
नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर
दिन स्थान
असोज १ गते – सुदूरपश्चिम
असोज २ गते- लुम्बिनी
असोज ३ गते- बागमती
असोज ७ गते- त्रिभुवन आर्मी क्लब
असोज ८ गते – प्रदेश १
असोज ९ गते – प्रहरी र सशस्त्र प्रहरी
असोज १३ गते – मधेश प्रदेश
असोज २३ गते – गण्डकी
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]