2 years ago
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले प्रायोजन गरेको छ । शिरिष फाउन्डेसनले सुष्मालाई १ वर्षको लागि प्रायोजन गरेको हो ।
शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र सुष्माले हस्ताक्षर आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फाउन्डेसनले प्रायोजन गरेको सुष्मा दोस्रो खेलाडी हुन् । फाउन्डेसनले यसअघि उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको थियो ।
सम्झौता अनुसार फाउन्डेसनले सुष्मालाई मासिक १५ हजार रुपैयान् उपलब्ध गराउने छ । त्यस्तै सुष्मा प्रतियोगितामा सहभागी हुँदा पनि फाउडेन्सनले पोशाक उपलब्ध गराउने छ, प्रशिक्षण वा प्रतियोगिताको दौरान घाइते भएको अवस्थामा अन्य तेश्रो पक्ष वा अस्पतालसँग सम्झौता गरी फाउन्डेसनले उपचारको व्यवस्था मिलाउने छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाँदा सुष्मालाई आवश्यक खेल सामग्री पनि फाउन्डेनले उपलब्ध गराउनेछ । उत्कृष्ट खेल प्रदर्शन गरेमा पुरस्कारको व्यवस्थासँगै सम्झौता नविकरण गर्न सक्ने प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ ।
फाउन्डेसनले उपलब्ध गराएको खेल सामाग्री नीमा र सुष्माले एक अर्कालाई हस्तान्तरण गरे । २० वर्षीय सुष्मा नक्साल बक्सिङ क्लबबाट बक्सिङ सिकेकी हुन् । फाउन्डेसनको प्रायोजनसँगै सुष्माले शिरिष फाउन्डेसनको ‘खेलाडीका लागि खेलाडी’ नारा निकै राम्रो रहेको यसरी खेलाडीहरुलाई गर्ने सहयोगबाट राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताइन् ।
कार्यक्रममा फाउन्डेसनका शान्ति स्थपित शाक्य, कपिल किशोर श्रेष्ठ, विश्व प्रकाश थापा, संगिना वैद्य, नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । २० वर्षीय सुष्माले आइवा वुमन्स बक्सिङ च्याम्पियनसिप, आइवा युथ वल्ड बक्सिङ च्याम्पियनसिप खेलेकी छन् । घरेलु बक्सिङमा सुष्मा आफ्नो तौल समूहमा च्याम्पियन बनिरहेकी छन् ।
शिरिष फाउन्डेसनको स्थापना सन् २०१७ मा भएको हो । फाउन्डेसनको अध्यक्ष रहेका शिरिष अध्ययनका लागि अमेरिकामा रहेका छन् । फाउन्डेसनले खेलाडीलाई प्रायोजनसँगै विविध सामाजिक कार्य गर्दै आइरहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]