2 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ ।
वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । योसँगै संघमा यसपटक प्यानलसहितको प्रतिस्पर्धा हुने सम्भावना बलियो बनेको छ । यद्दपी कसैले पनि प्यानलसहित प्रतिस्पर्धा गर्ने भनेका छैनन् । श्रेष्ठ अहिले संघको सदस्य छन् । भलिबलमा लामो समयदेखि काम गरेको आधारमा आफूले माहासचिव दाबेदार रहेको बताएका छन् ।
अध्यक्षमा निरोज मास्केले गत महिनानै उम्मेदवारी घोषणा गरेकी थिइन् । मास्केले घोषणा गरेको केहि दिनपछि छन्त्यालले घोषणा गरेका थिए । दुवै अध्यक्षका प्रत्यासीले प्यानलसहित मैदानमा जाने तयारी गरिरहेको चर्चा चलिरहेको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।