3 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् ।
संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । यसअघिको साधारण सभाले मनोरञ्जन रमण शर्माको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको थियो । पूर्व खेलाडी समेत रहेका चन्दले प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
महासचिवका रुपमा चन्दको यो दोस्रो कार्यकाल हो । मास्के सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । चन्द एभिसी सेन्ट्रल जोनका कोषाध्यक्ष हुन् । उनलाई वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको साथ रहेको विश्वास गरिएको छ । उता मास्केको उम्मेदवारी घोषणामा पूर्व अध्यक्षद्वय गंगाबहादुर थापा र दानबहादुर तामाङले साथ रहने बताएका थिए ।
संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । योसँगै संघमा यसपटक प्यानलसहितको प्रतिस्पर्धा हुने सम्भावना बलियो बनेको छ । यद्दपी कसैले पनि प्यानलसहित प्रतिस्पर्धा गर्ने भनेका छैनन् । श्रेष्ठ अहिले संघको सदस्य छन् ।
सामाजिक सन्जाल फेसबुकमार्फत २०७८ वैशा १ गते अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी संघकी सदस्य इन्दिरा निरौलाले उमेदवारी नदिने जनाउँदै आफ्नो समर्थन चन्दलाई रहने बताएकी छन् । चन्दको घोषणा सभामा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, पूर्व खेलाडी समेत रहेका शसस्त्र प्रहरी बलका पूर्व आइजिपी दुर्ज कुमार राई, पूर्व खेलाडी नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभीसी रेफ्री पुर्ण चौलागाईंको उपस्थिति थियो ।
त्यस्तै बागमती प्रदेश भलिबलका सुदर्शन जमरकट्टेल, राष्ट्रिय टोलीका कप्तान इम राना, प्रशिक्षक जगदिश प्रसाद भट्ट, भरत यादव, सलिना श्रेष्ठ, विद्यालय भलिबल लोकेन्द्र खड्का, प्रशिक्षक कुमार राई, जुनु पुन, किरण घायल, बासु श्रेष्ठ, मुख्य प्रशिक्षक प्रज्वल बाहदुर सिंह र गौतम लासिवाको पत्रकार सम्मेलनमा उपस्थित थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]