3 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री तथा पोशाक उत्पादक केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा लि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट सम्मानित भएको छ ।
राखेपले आफ्नो ५९ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट खेल सामाग्री उत्पादकका रुपमा कामारुलाई सम्मान गरेको हो । प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्मान ग्रहण गरेका थिए । केल्मीले राष्ट्रिय क्रिकेट टोली र राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको छ ।
सोही अवसरमा ओलम्पियन पारा तेक्वान्दोकी पलेशा गोबद्र्धन र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी सिनियरबाट सम्मानित भएका छन् । त्यस्तै जुनियरतर्फ टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सन्दीप थारु उत्कृष्ट खेलाडी चुनिए ।
राखेपले उत्कृष्ट राष्ट्रिय संघ, पालिका, कर्मचारीलगायतलाई सम्मान गरेको थियो । राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको मुख्य आतिथ्यतामामा कार्यक्रम सञ्चालन भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]