3 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राष्ट्रिय समाचार समितिकी मुना कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारबाट सम्मानित गरेको छ ।
राखेपको ५९ औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा आचार्य र कार्की सम्मानित भएका हुन् । राखेप उपाध्यक्ष शिव कोइरालाले उनीहरुलाई ट्रफी र नगद हस्तान्तरण गरे । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका आचार्य नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष समेत हुन् । मञ्चकी केन्द्रिय सदस्य मुना एक दशकयता खेलकुद पत्रकारितामा सक्रिय छिन् ।
सोही अवसरमा ओलम्पियन पारा तेक्वान्दोकी पलेशा गोबद्र्धन र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी सिनियरबाट सम्मानित भएका छन् । त्यस्तै जुनियरतर्फ टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सन्दीप थारु उत्कृष्ट खेलाडी चुनिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]