3 years ago
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा सुरुवाती सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो सेट पुलिसले २६–२८ ले गुमाएको थियो । दोस्रो सेट पनि प्रतिस्पर्धात्मक बन्दा पुलिस २७–२५ ले विजयी हुन सफल भयो । तेस्रो सेटमा एकपक्षीय खेल पस्केको पुलिसले २५–११ ले जित निकाल्न सफल भयो ।
चौथो सेटमा १८–२२ ले पछि रहेको पुलिसले पूनरागमन गर्दै २६–२४ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । अब पुलिसले उपाधिका लागि बुधबार न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग खेल्नेछ । न्यु डायमन्ड र गण्डकीबीच केही वेरमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
पुरुषतर्फ सेमिफाइनलमा मंगलबारै गण्डकी र एपिएफ तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् ।
महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]