default_image

3 years ago

August 30, 2022

अन्तर्राष्ट्रिय मापदण्डको प्रक्रिया पूरा गर्दै नेपालगन्ज म्याराथन

79 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।

कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले सोमबार नै कोर्षको नाप गरेका लिएका छन् । नेपालगन्जउपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइबीपीचोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । सान्डिवानले काठमाडौं र पोखरा म्याराथनको नाप लिएका थिए । म्याराथनको आधिकारिक दौडको दूरी ४२.१९५ किलोमिटर हो । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

सान्डिवानले तीनै म्याराथनको रुटको नापको प्रतिवेदन एम्सलाई बुझाउने छन् । त्यसपछि आधिकारिकताको प्रक्रिया अघि बढ्ने छ । नेपालगन्जम्याराथनमामहिलाकालागिहाफम्याराथन, दशकिलोमिटर पुरुषखुल्ला, पाँचकिलोमिटर महिलाखुल्लातथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमाम्याराथन, हाफम्याराथन, दशकिलोमिटर र पाँचकिलोमिटर अलगअलग सर्टिफिकेट आउने सान्डिवानले बताए ।

नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर २४ गतेका लागि तय भएको छ । सरकार र तत्कालिन नेकपा माओवादीबीच मंसिर ५ गते भएको शान्ति सम्झौताको संम्झनामा मंसिरको पहिलो साताको शनिबार म्याराथन आयोजना हुँदै आएको छ । यसपटक मंसिर ४ गते संघिय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । ‘लोकतन्त्रमा आम निर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो ,’ म्याराथन संस्थापक टीएस ठकुरीले भने, ‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’

नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोरख थापाको उपस्थितिमा रुट नाप सुरु भएको थियो ।

मेयर बिष्टले भने–’नेपालगन्ज म्याराथन मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ । उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ । एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु पनि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा लिएको छु । खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.