3 years ago
August 28, 2022
दीपक बोहोरा, पाँचथर
गण्डकी प्रदेशमा अर्को हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनोटमा पाँचथरले १६ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश छनोटमा १६ खेलमा २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रदेश खेलकुद बोर्डले दिएको कोटा अनुसार फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, टेबल–टेनिस, कबड्डी , कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, , बुद्धिचाल, आईटीएफ तेक्वान्दो, रग्बी खेलका लागि खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
पाँचथरबाट पुरुष र महिला फुटबलको लागी समान १६ जना, पुरुष र महिला भलिबलको लागी समान ९ ,कबड्डी खेलका लागि महिला र पुरुषको टोलीका लागि समान ९ जना, कराते तर्फ पुरुष र महिला गरि २१ जना, तेक्वान्दाको महिला र पुरुषका समान ११ खेलाडीको कोटा दिएको छ ।
त्यस्तै उसु खेल तर्फ १० महिला र १३ पुरुष, एथलेटिक्स तर्फ १२ पुरुष र १० महिला, ब्याडमिन्टनमा ५ पुरुष र ३ महिला, टेबल–टेनिसमा ४ पुरुष र ३ महिला, बक्सिङमा महिला र पुरुष समान ८, चेसमा समान २, आईटीएफ तेक्वान्दोमा ११ पुरुष र १० महिला तथा जुडोमा २ पुरुष खेलाडी पठाउन भनिएको छ ।
कुस्तीमा महिला र पुरुषका समान १० खेलाडी, रग्बीमा समान १० खेलाडी तथा फुल कन्ट्याकमा ७ पुरुष र ५ महिला खेलाडी छनोट गरिएको खेलकुद विकास समिति पाँचथरका अध्यक्ष मोक्तानले जानकारी दिए । छनोटमा परेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने अध्यक्ष मोक्तानले बताए । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]