default_image

3 years ago

August 27, 2022

लामाचौर कप भलिबलमा पुलिसको विजयी सुरुआत

176 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको पुरुष टोलीले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि शुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको खेलमा पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मावि प्राङ्गणमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८–३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१२, २५–१२ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी भएको थियो । त्यसपछि लाइट प्रोटेस्टका कारणखदेल स्थगित भएको र आइतबार शुरुदेखि नै खेल हुने आयोजकले जनाएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ ।

महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ ।

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

Success

Thank you for your time.