default_image

3 years ago

August 26, 2022

नवौं राष्ट्रिय खेलकुद – बागमतीले ९ खेलमा स्वर्ण जित्नेलाई मासिक भत्ता दिने

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक ६ हजार रुपैयाँ भत्ता स्वर्ण उपलब्ध गराउने जानकारी दिए । नवौंमा स्वर्ण जित्ने खेलाडीले दसौं राष्ट्रिय खेलकुद सम्म भत्ता प्राप्त गर्ने बताएको छ ।

‘नवौंमा स्वर्ण पदक जित्ने हाम्रा खेलाडीलाई दसौं राष्ट्रिय खेलकुदको अगाडि सम्म भत्ता उपलब्ध गराउनेछौं, मन्त्री ढकालले भने,‘समग्र खेलकुदमा नै यो महत्वपूर्ण घोषणा हो ।’ बागमती प्रदेशले भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, पौडी र ब्याडमिन्टन खेललाई प्राथमिकतामा राखेको छ । तीनै प्राथमिकतामा राखेमध्येका ८ खेल समावेश गर्दै गत वर्ष पहिलो प्रदेश खेलकुद आयोजना भएको थियो ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलहरुको प्राथमिकता निर्धारण गरेर ९ खेलका स्वर्ण विजेता खेलाडीलाई भत्ता उपलब्ध गराउन सुरुवात गरिएको जनाउँदै भने, ‘यो सुरुवात मात्र हो । खेल र खेलाडीको दायरा बिस्तारै बढाउँदै लैजाने लक्ष्य छ । विस्तारै अन्य प्रदेशले पनि खेलाडीको प्रोत्साहनमा ध्यान दिनेछन् भन्ने विश्वास लिएका छौं ।’

प्रदेशले ९ खेललाई प्राथमिकतामा राखेपछि गण्डकी प्रदेशमा असोज २८ गते कात्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा भने बागमतीले सबै ३६ खेलमा भाग लिने निर्णय गरेको छ । नवौंका लागि प्रदेशले आफ्नो खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने भएको छ । भदौ २० गते भित्र खेलाडी छनोट गरि भदौ २५ गते भित्र खेलाडीको विवरण राष्ट्रिय खेलकुद आयोजक समितिलाई पठाइन सक्ने बागमती प्रदेश खेलकुद परिषद्को योजना रहेको छ ।

नवौं राष्ट्रिय खेलकुदको सहभागितालाई झण्डै ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने प्रदेशको अनुमान रहेको र त्यसका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको मन्त्री ढकालले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदबाट ४९ लाख रुपैयाँ निकासा भइसकेको र नपुग रकम बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गर्ने निर्णय भएको पनि कार्यक्रममा जानकारी गराइयो । बागमती प्रदेशबाट ७ सय ९ खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.