default_image

3 years ago

August 25, 2022

तीन म्याराथन अन्तर्राष्ट्रिय मापदण्डको गराउन पहल सुरु

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा आयोजना हुने तीन शहरमा आयोजना हुने म्याराथन काठमाडौं, पोखरा र नेपालगन्जको एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एम्स) ले नाप लिने भएको छ ।

म्याराथनको कोर्स नाप्नका लागि एम्सको आधिकारिक कोर्स मेजरर अमिर सान्डिवान बुधबार नेपाल आइपुगेको काठमाडौं म्याराथनले जानकाएको छ । सान्डिवानले काठमाडौं म्याराथनका लागि काठमाडौं, ललितपुर, भक्तपुरमा पर्ने रुट नापी गरिसकेका छन् । त्रिुपरेश्वस्थित दशरथ रंगशालाबाट सुरु गरिएको कोर्सको नाप लिने काम सोही ठाँउमा पुगेर टुंगिएको छ । म्याराथनको आधिकारिक दौडको दुरी ४२.१९५ किलोमिटर हो ।

सान्डिवानले शुक्रबार पोखरा र त्यसपछि नेपालगन्ज म्याराथनको रुट नाप गर्ने बताइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसीीका महासचिव समेत रहेका काठमाडौं म्याराथनका मूख्य आयोजक निलेन्द्रराज श्रेष्ठको संयोजनमा सान्डिवान नेपाल आएका हुन् ।

तीनै म्याराथनको रुटको नापको प्रतिवेदन एम्सलाई बुझाइएने छ । त्यसपछि काठमाडौं, पोखरा र नेपालगन्ज म्याराथन एम्सको प्रमाणित म्याराथन हुनेछन् । जसको अर्थ ती म्याराथन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हुनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.