3 years ago
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा अर्काे वर्ष आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका लागि खेल पोशाक प्रायोजन सम्झौता गरेको छ ।
चीनको हाङझााउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सिओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।
एनओसीका अनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने टोलीका सम्पूर्ण सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ । खेल पोशाकमा ट्रयाकसुट, टि–सर्ट, पोलो टी–सर्ट, स्पोर्ट्स सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल छन् । सम्झौता अनुसार एसियाली खेलकुद सुरु हुनु अगाडि नै कम्पनीले ४ सय ५० थान खेल पोशक हस्तान्तर गर्नेछ ।
सोही कम्पनीले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि टोलीलाई खेल पोशाक प्रायोजन गरेको थियो । महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलको एकै ढाँचाको डिजाइन हुने बताए । उनले बाई–अप कम्पनीसँगको सम्झौता आउने वर्षमा पनि कायम हुने विश्वास राखे । बाई–अपका सिओओ छ्यङ्गले एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]