3 years ago
August 19, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदलका लागि पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ ।
गण्डकी प्रदेशमै असोज २८ देखि कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा पुरुषतर्फ १४ र महिलातर्फका ५ खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ समावेश छन् । २ खेल प्रदर्शनीका रुपमा राखिएको छ ।
आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् ।
पोखरा रगंशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।
‘राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ, उनले भने,‘ खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन । पैसाका कारणले व्यवस्थापकिय तथा खेलाडीलाई आधारभुत कुराा कुनै कमि हुन नदिइने छैन ।’
अर्थ मन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पूर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेश अन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।’
उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुबीच छलफल पनि गराइएको थियो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए ।
पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषदले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।
सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताएका छन् । उनले विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको जनाए । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।
सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय खेलकुद सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको जनाउँदै मन्त्रालय खेलमैत्री रहेका बताए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले धन्यवाद दिने क्रममा सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]