default_image

3 years ago

August 14, 2022

एन्फा प्रवक्ता शाहले जिम्मेवारी सम्हाले

422 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नव नियुक्त प्रवक्ता सुरेश शाहले आइतबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए ।


एन्फाका पूर्व मानार्थ केन्द्रिय सदस्य समेत रहेका शाहलाई साउन १६ गतेको एन्फा कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो । पहिलो पटक एन्फाको औपचारिक जिम्मेवारीलाई आफूले अवसर र चुनौती दुवै रुपमा लिएको शाहले बताए ।

‘मैले केन्द्रमा यो किसिमको जिम्मेवारी पहिलो पटक पाएको छु,’ उनले भने,‘ यो मेरो लागि अवसर हो भने सँगै चुनौती पनि हो । इमान्दारपूर्वक जिम्मेवारी निर्वाहको प्रयास गर्नेछु । ’ यसअघि उनी प्रदेश फुटबल संघको उपाध्यक्षका रुपमा काम गरेका थिए ।

२०५४ मा पाँचथर जिल्ला फुटबल संघको संस्थापक अध्यक्ष रहेको शाहले अहिलेको साझा उद्देश्य फुटबललाई अघि बढाउनु रहेको उल्लेख गर्दै भने,‘ फुटबल विकासमा सबैको सहयोग जरुरी हुन्छ । अहिले एन्फाको आधिकारी धारणा जनमानसमा पु¥याउने जिम्मेवारी पाएको छु । एन्फाको अधिकारिक तथा सहि सुचना र सहि समयमा उपलब्ध गराउने मेरो प्रयास हुनेछ ।’

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.