3 years ago
August 13, 2022
धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक सर्व सम्मत चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक अध्यक्षमा चयन भएका हुन् । पाठक यसअघि महासचिव थिए ।
सबै पद सर्वसम्मत चयन भएको थियो । मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन् । त्यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन् ।
त्यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो। कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य व्यक्त गरे । बन्दसत्रमा मञ्चका महासचिव प्रदीप पाठकले सांगठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५ सय ७० आय व्ययसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। यस्तै मञ्चकै आयोजनामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने, कोरोनाकालमा जोखिम न्यूनिकरणका लागि मञ्चका सदस्यको कोरोना बिमा पनि गरेको थियो। गत आर्थिक वर्षमा प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमको सहकार्यमा खेलकुद पत्रकारिता तालिम पनि आयोजना गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]