3 years ago
August 9, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाईडिङ खेल पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् ।
पोखरा रंगशालामा मंगलबार आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र प्रतियोगिता संचालन गरे बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् ।
पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलिरहँदा प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए । उनले भने ,’ केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर यो खेल संचालन गर्दा जति सक्दो सुरक्षित र प्राबिधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अनेत्र प्रतियोगिता हुदा समयमै खेलाडीहरुको उद्धारमा समस्या हुने, आवासमा समेत अप्ठेरो हुने अर्को प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल माथि, धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अवस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।
प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठूला पहाड र हावाको चाप बढी हुदा नेटवर्कमा समेत समस्या हुने हुँदा उद्धारमा ७,८ घण्टा भन्दा बढी समय लाग्न सक्ने भएकोले पोखराको विकल्पमा अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता हुन कठिन हुने बताए ।
प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि प्याराग्लाईडिङको उपयुक्त स्थान नहुने दाबी गरे । यदि कसैले पोखरा बाहिर प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न तयार रहेको भन्दै चुनौती दिए ।
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत खेल मैदान व्यबस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनि प्रतियोगिता संचालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहने त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालन गर्न आफूले सिफारिस नगर्ने बताए । उनका अनुसार केही दिनमा नवौंमा समावेश ३६ खेलको आयोजना स्थल टुंगो लाग्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]