default_image

2 years ago

August 8, 2022

मुस्ताङमा विश्व कै सबैभन्दा उचाईमा पर्ने गल्फ कोर्ष तयार

329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल विश्वको सर्वोच्च शिखर भएको देशसँगै सबैभन्दा उचाईमा गल्फ कोर्ष भएको देशको नाममा चिनिने भएको छ ।

मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोषको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक हाइ अल्टिच्युटमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।

गल्फ‌ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोष र लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण भएको बताइएको छ । प्रदेश सांसद विष्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा कोर्ष ९ होलको रहेको जानकारी गराइयो ।

सोहि कोर्षमा पहिलो प्रतियोगिताको रुपमा अर्को महिना टप अफ द वल्र्ड गल्फ च्यालेन्ज आयोजना हुने भएको छ । भदौ ११ गते आयोजना हुने गल्फ च्यालेन्जमा काठमाडौं र पोखराका गरि ४ महिलासहित २८ गल्फरको सहभागिता रहेनछ । आउने दिनमा उक्त कोर्षमा प्रतियोगिता आयोजना हुँदा विदेशी खेलाडीको सहमागिता रहने विश्वास गरिएको छ ।

टप अफ द वल्र्ड गल्फ च्यालेन्जस स्टेबल फम्र्याट ३/४ ह्याण्डीक्यापका आधारमा हुने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए । प्रतियोगिताका विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिज गर्ने खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.