default_image

3 years ago

August 4, 2022

सातौं वार्षिकोत्सव– हाम्रो खेलकुद सर्वकालीन सम्मान

461 views

0 Bookmark

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो खेलकुद डट कमले आज सात वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गरेको छ । यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी आभारी छौं । यो अवसरमा हाम्रा सहयोगी र शुभ चिन्तकहरुलाई धन्यवाद दिन चाहन्छौं ।

स्थापनाकालको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार (साउन १९) हामीले आ आफ्नो समयमा देशको प्रतिष्ठा बढाउनका लागि आ आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ अपर्ण गर्दैछौं ।
देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक पदक विजेता पौडीकी गौरिका सिंह एकै थलोमा हाम्रो खेलकुद सर्वकालीन सम्मानबाट सम्मानित हुनुहुनेछ ।

हामीले वार्षिकोत्सवमा पहिलो पटक सार्वजनिक कार्यक्रमको आयोजना गर्दैछौं । यो हाम्रा खेलकुदका लागि पनि नयाँ प्रयास हो । डिजिटल माध्यमबाट अरुले आयोजना गरेको खेलकुद गतिविधिलाई यहाँसम्म जोड्दै आएकोमा हामीले यसपटक आफैं खेलकुद क्षेत्रलाई प्रत्यक्ष कार्यक्रममार्फत जोड्ने प्रयास गरेका छौं ।

हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौतीको सामना एकै पटक गर्नुपर्ने हुन्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । फर्केर हेर्दा यो यात्राका एक एक दिन हाम्रा लागि प्रयोगात्मक र रोमाञ्चक थिए । त्यसमा हामीलाई गर्व छ । यसमा सबैभन्दा ठूलो साथ हामीले पाठकहरुबाट पाएका छौं ।

देशको पत्रकारिताको इतिहास लामो भइसकेको छ । तर अनलाइन पत्रकारिता र त्यसमा पनि बिटगत अनलाइन पत्रकारिताको अभ्यास सुरु भएको धेरै भएको छैन । त्यस्तोमा व्यावसायिक खेल पत्रकारिताका माध्यमबाट देशको खेलकुद विकासमा भूमिका निर्वाह उद्देश्यका साथ यात्रा सुरु गर्नु पनि त्यतिकै जोखिमयुक्त थियो । सम्भावनाका बीचबाट सुरु गरिएको यात्रा यहाँ सम्म आइपुग्दा थुप्रै तितामिठा अनुभव संगालेका छौं । ती हाम्रा सम्पत्ति हुन् । खेलकुद पत्रकारितालाई अझै फराकिलो बनाउनका हाम्रो खेलकुद त्यसैको एउटा प्रयास हो ।

सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालीले संचालन गरेको हाम्रो खेलकुदलाई सुरुवातदेखि विश्वास गर्नुहुने पाठकप्रति हामी सदैव ऋणी छौं । तपाईहरुको विश्वास, साथ र हौसला विना यो यात्रा सम्भव नै थिएन । हाम्रो प्रयासमा साथ दिनुहुने सम्पूर्ण विज्ञापनदाता प्रति आभारी छौं । व्यावसायिक पत्रकारिताका लागि विज्ञापन पनि त्यत्तिकै महत्वपूर्ण पक्ष हो ।

पत्रकारितामा हरेक दिन सञ्चारमाध्यमको पनि परीक्षा हुन्छ । हामी सम्भव भएसम्म खरो उत्रने प्रयासमा छौं । असामान्य अवस्थामा सञ्चारमाध्यमको भूमिका झन बढी हुने हामीले अनुभव गरेका छौं । सुरुवातको केहि समय पाठकमा पुग्न र स्थापित हुनका लागि समय लाग्नु स्वभाविक थियो । खेलकुदमा रुची राख्ने अधिकांश पाठकका माझमा पुग्न हामीले अझै लामो यात्रा तय गर्नुपर्ने हुन सक्छ । हामी त्यसका लागि धैर्यतापूर्वक प्रयास जारी राख्नेछौं । हरेक वर्षलाई एउटा पाइला मान्ने हो भने हामीले सात पाइला चालेका छौं ।

तर, पछिल्लो केहि वर्ष कोराना महामारीका कारण सबै क्षेत्रमा जस्तै पत्रकारितामा असर गर्यो । हामी पनि त्यसबाट अलग छैनौं । खेलकुद गतिवधि पुनः बढ्न थालेका छन् । आउने दिन खेलकुदका लागि सुखद हुनेछ भन्नेमा आशावादी हुनैपर्छ ।
देशमा फुटबल, क्रिकेट, भलिबल लगायतका खेल लोकप्रिय छन् । त्यस्ता खेलकुदका समाचारलगायत समाचार हाम्रो प्राथमिकतामा पर्ने नै भए । त्यसबाहेक देशमा सक्रिय अन्य खेललाई पनि उत्तिकै महत्व दिनुपर्छ भन्ने अभिप्रायका साथ हाम्रो खेलकुद डटकमको सुरुवात गरिएको थियो ।

पत्रकारिता त्यसमा पनि खेलकुद पत्रकारितामा खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण, भिडियो रिपोर्ट, फोटो पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसमा हाम्रो खेलकुदले पनि केहि प्रयास गरेको छ । सिमित स्रोत साधन बाबजुद पनि विभिन्न खेलका प्रतियोगितालाई प्रत्यक्ष प्रसारण मार्फत यहाँसम्म जोड्ने हाम्रो प्रयासलाई अझ वृहत बनाउने हाम्रो लक्ष्य रहेको छ । सञ्चारमाध्यमले डिजिटल प्लेटफर्मलाई जति बढी प्रयोग गर्न सक्यौं त्यति नै दर्शक, पाठकका पुग्न सकिन्छ । हामीले त्यसमा सचेत छौं ।

तीन वर्ष अघि एभिसी सेन्ट्रल जोन पुरुष भलिबल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने अवसर पाएको थियो । त्यसबाट नेपालीहरुमा भलिबलप्रतिको आकर्षण बुझ्न सहज भयो । अघिल्ला वर्षहरुमा जस्तै गत वर्ष पनि घरेलु भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने अवसर मिल्यो । त्यसले पनि हामीलाई दर्शक माझ पुग्न सहज भयो । त्यसैको हौसलामा पछिल्ला दिनमा टेबल टेनिस, रिङ रेस्लिङ, किक बक्सिङ, कराते प्रतियोगितामा पनि प्रत्यक्ष प्रसारण गर्दा त्यसमा पनि दर्शकहरुको रुची थाहा पाउन सक्यौं । आउने दिनमा अन्य खेलका प्रत्यक्ष प्रसारणका लागि पनि हामी प्रयास गर्ने नै छौं ।

खेलकुद पत्रकारितामा हामीले एउटा इट्टा थप्ने प्रयास गरेका छौं । यसलाई पनि हामीले एउटा सुरुवातका रुपमा नै लिएका छौं । देशको खेलकुद विकास, व्यवसायिक खेलकुदको स्थापनाका लागि हामीले आफ्नो माध्यमबाट अझ धेरै गर्न बाँकी छ त्यसका लागि हामी निरन्तर प्रयासमा रहनेछौं । खेलकुद भित्रका बिसंगती र बेथितीविरुद्ध उजागरका लागि पनि हामी लागिरहनेछौं । देशको खेलकुदको प्रगतीमा नै हाम्रो प्रगती छ ।

प्रतिस्पर्धात्मक युगमा आउने दिन अझै पक्कै चुनौतीपूर्ण नै रहनेछन् । हामीले आफूलाई पनि थप परिकृत गर्दै लैजानु पर्ने हुन्छ । हामी त्यसप्रति सजग र सचेत छौं । जस्तो सुकै अवस्थामा पनि हामी आफ्नो व्यवसायिक धर्मबाट कहिल्यै विचलित हुने छैनौं । फेरि पनि अन्त्यमा सातौं वार्षिकोत्सवका अवसरमा हामीलाई साथ दिनुहुने सबै प्रति आभार व्यक्त गर्दछौं ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.