default_image

2 years ago

August 1, 2022

सर्वाधिक सफल खेलाडी दीपकलाई सर्वकालीन सम्मान

370 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ ।

सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकु (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, खेलाडी र प्रशिक्षकका रुपमा सागमा स्वर्ण पदक जितेका फुटबलका राजुकाजी शाक्य र नेपालबाट ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी संगिना वैद्य रहेका छन् ।

दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन् ।

हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सव साउन १९ गते मनाउँदैछ । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रुपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक हो । हाम्रो खेलकुदले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।

त्यस्तै घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पुर्याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी, खेलकुद पत्रकारलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे। यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्। सदभावले बंगलादेशका मोहम्मद […]

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

Success

Thank you for your time.