default_image

3 years ago

July 31, 2022

नवौ राष्ट्रिय खेलकुद– खेलाडीलाई दैनिक २ हजार भत्ता

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी र अफिसियलले भत्ता स्वरुण दैनिक २ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेपको १ सय १३ औं बोर्ड बैठकले सो निर्णय गरेको हो ।

बैठकले राखेपको आर्थिक वर्ष २०७९/८० को बार्षियक योजना, कार्यक्रम तथा बजेट पारित गरेको राखेपले जनाएको छ ।
बैठकले प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश तथा विभागिय टोलीहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र भदौ २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने भएको छ । हरेक टोलीले महिला ३ सय ३९ र पुरुष ३ सय ६९ कोटा निर्धारण गरिएको छ ।

पोखरामा असोज २८ देखि कात्तिक ३ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरेका छन् । त्यस्तै २ वटा खेलको प्रर्दशनी खेल राखिएको छ । ११ टोलीले ४ सय ७ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । नवौंका एकल प्रतिस्पर्धामा स्वर्ण जित्ने खेलाडीले २५ हजार, टिम इभेन्ट्सको स्वर्ण पदक विजेताले जनही १५ हजार तथा राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशनमा राख्ने निर्णय बैठकले गरेको छ । राखेपले आफ्ना कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

राखेको भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्बन्धी सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति, खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन गरिएको छ । त्यस्तै परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने निर्णय पनि राखेपले गरेको छ ।

सन् २०२३ मा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग), २०२३ मा हुने १९ औ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने समेत राखेपले निर्णय गरेको छ । बैठकले ओ एन्ड एम सर्भे समिति गठन गर्नुका साथै बैठकले खेलाडी छात्रवास निर्माण र मुलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने निर्णय गरेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.