default_image

3 years ago

July 29, 2022

पुष्पालाई हराउँदै अन्जना सेमिफाइनलमा

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी बिष्णा बिष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेक महिला एकलको सेमिफाइनलमा पुगेका छन् ।

स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा जारी प्रतियोगितामा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिन् । त्यस्तै अग्रिमाले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले, निकिताले १६ फिदरकी रिहाना शेरचनललाई २१–११, २२–२० ले र बिष्णाले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

त्यस्तै शीर्ष २० बाहेक पुरुष युगल खुला तर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समुह बुटवलका मनोज फौदार र बिवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले, सुर्यदर्शनका जुम्ल्याहा दाजुभाई राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हिरा राई र सुर्य दर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गर्दै अन्तिम चारमा पुग्यो ।

यु १७ ब्वाईज तर्फ शिल्क ग्रुपका कविर के.सी.ले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले पराजित गर्दै सेमिफाईनल पुगे । आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१–१७, २३–२१ ले हराउँदै कविर संगको भेट पक्का गरे । लाफा समूहका मनोज फौदारले रिसभ राई २१–१७, २१–१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१–५, २१–१३ ले पराजित गर्दै अन्तिम चारमा पुगेका छन् ।

पुरुष ४५ बर्ष माथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी अन्तिम चार पुगेको छ । पराजुली र श्रेष्ठको जोडीले टोखाका कान्छा नारायण महर्जन र मान काजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले हरायो।

त्यस्तै चितवनका खुश गुरुङ र तनहुका मान बहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ्ग र राजेश शाक्यको जोडीले देविनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पुर्ण हरि होना र संजय कपालीको जोडीले चन्द्रागिरीका विरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाइनल पुग्यो ।

सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडी, चितवनका खुस गुरुङ्ग र तनहुका मान बहादुर रानको जोडी, सामाखुसीका बिष्णु राना र टिका थापा मगरको जोडी तथा आयोजकका सान बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाइनल पुगेको छ ।

५५ बर्ष माथिको खेलमाम बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के.सी.को जोडी, पाँचथरका मनि कदङ्गवा र गणेश सुब्बाको जोडी, बुटवलका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि अन्तिम चारमा पुगेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.