3 years ago
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने सन् २०२४ मा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्बन्धित खेल संघको सिफारिसका आधारमा खेलाडी छनोट गरेको जनाएको छ । जसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ ।
छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्टसका दीपक लामा (बि ब्वाइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजी मुनि) छन् ।
छात्रवृत्तिका लागि छनोट भएका खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र त्यो छात्रबृति ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहने एनओसीले जनाएको छ । छनोटमा सफल रहे ओलम्पिकसम्म नै छात्रवृत्ति कायम हुनेछ । एनओसीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्र्ताष्ट्रिय सहभागिता, खेल सामग्री, विमा, स्वास्थ्य परिक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ ।
एनओसी उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने, ‘छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न मद्दत गर्नेछ ।’ आइओसीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]