3 years ago
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गरेको छ । काठमाडौंमा सोमबार भएको पहिलो साधारण सभाले एथलेटिक्स परिवारको अध्यक्षमा राजन खत्री चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रञ्जित, उपाध्यक्षमा आशा राम गोठे , रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चुनिए । सचिवमा सुन्दरकेशर कार्की निर्वाचित भए । महिला सदस्यमा सपना आचार्य र अन्य सदस्यमा सरस्वती खड्का, अभिनारायण अधिकारी, संसार लाल वैद्य,रामकृष्ण महर्जन , देवी बस्नेत र प्रकाश राणा सर्वसम्मत भए ।
सोमबार नै बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई, महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनित गरेको छ । त्यस्तै बैठकले दावा तामाङ, रमेश सुनार ,सिद्धान्त अधिकारी, यासिर माया चौधरी र सुनिता कुमारी योञ्जन लामालाई सदस्य मनोनित गरेको एथलेटिक्स परिवारले जनाएको छ ।
पहिलो बैठकले रघुराज वन्त, खड्ग बहादुर रानाभाट, धर्मेन्द्र राज शाक्य, शान्ती गुरुङ, सुशिल नरसिह राणा, सुनिल राजबंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुव विक्रम मल्ल र ऋषि भण्डारी लाई सल्लाहकार मनोनय गरेको छ । कानुनी सल्लाहकारमा बाबु कृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई मनोनय गरेको एथलेटिक्स परिवारले जनाएको छ ।
त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कीृ कार्यकारी सदस्य नन्दा बस्यालले साधारण सभाको उद्घाटन गरेकी थिइन् । उद्घाटन सत्रमा कीर्तीमानि धावक बैकुन्ठ मानन्धर, जीत बहादुर के सी , सुशिल नरसिंह राणा, रघुराज वन्त, बुद्ध बीर लामा, ध्रुव विक्रम मल्ल , ऋषि भण्डारी , चन्द्र बहादुर गुरुङ, बाबुकृष्ण महर्जन लगायतको उपस्थिति थियो । एथलेटिक्स परिवारले एथलेटिक्सका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]