default_image

3 years ago

July 20, 2022

नवौं राष्ट्रिय खेलकुदका लागि १४ उपसमिति गठन

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोजमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि १४ वटा विषयगत उपसमिति गठन गरेको छ । १४ मध्ये १२ समितिका संयोजक र सचिवको नाम बुधबार पत्रकार सम्मेलनमार्फत राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरका छन् ।

नवौं राष्ट्रिय खेलकुद आसोज २८ देखि ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ । सुरक्षा प्रबन्ध र अनुसन्धान उप समितिको संयोजक र सचिवको जिम्मेवारी भने पछि तोकिने बताइएको छ ।

समारोह उपसमितिको संयोजक राखेप सदस्य एकेन्द्र कुँवर र सचिवमा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन निरौला, प्राविधिक उपसमितिमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल संयोजक र नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सचवि, खेलस्थल व्यवस्थापन उसमितिको संयोजकमा राखेप सदस्य राजेश गुरुङ संयोजक र प्रशिक्षण प्रमुख कृष्ण प्रसाद तिमिल्सिना सचिव रहेका छन् ।

त्यस्तै बसोबास व्यवस्थापन उपसमितिको संयोजक राजकुमार थापा र सचिवमा प्रशासकिय अधिकृत सचिव, अनुशासन उपसमिति राखेप सदस्य सचिव पेमा लामा संयोजक , कानुन शाखा प्रमुख नारायणराज अर्याल सचिव, स्वास्थ उपसमितिको संयोजकमा चिकित्सक बुलन्द थापा संयोजक र चिकित्सक ज्ञानेन्द्रविक्रम शाह सचिव रहेका छन् ।

यातायात व्यवस्था उपसमितिको संयोजक राखेप सदस्य प्रकाश कुसारी र सचिव पौडी शाखा प्रमुख देवराज कटुवाल, प्रचार प्रसार उपसमितिमा दीपेन्द्र विष्ट संयोजक र मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खसराज दाहाल सचिव, खेलकुद सामाग्री तथा पोशाक व्यवस्थान उपसमिति राखेप सदस्य राखेप अन्जन धमला संयोजक र आपूर्ति तथा भण्डार शाखका प्रमुख सुजन खतिवडा सचिव रहेका छन् ।

त्यस्तै श्रोत परिचान उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी संयोजक र संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोख्रेल सचिव, स्वयंसेवक उपसमिति राखेप सदस्य जनक बर्तौला संयोजक र प्रशासकिय अधिकृत लिलाराम बस्ने सचिव तथा एन्टिडोपिङ उपसमितिको संयोजकमा नमिसमान प्रधान संयोजक र प्रशासकीय अधिकृत दोबे तामाङ सचिव रहेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.