3 years ago
July 19, 2022
काठमाडौं (हाम्रो खेलकुद)– डेनमार्कको हजोरिङमा हुने दाना कप २०२२ युवा फुटबल प्रतियोगितको यू १६ मा मोर्डन इन्डियन स्कुलले भाग लिने भएको छ । प्रतियोगिता साउनको ९ देखि १५ सम्म आयोजना हुने टोलीका प्रबन्धक नरेश रावलले जानकारी दिए ।
लिग कम नकआउटका आधारमा झण्डै एक साता चल्ने प्रतियोगितामा विभिन्न देशका ९३ टोलीको सहभागिता रहने बताएइको छ । १८ खेलाडी रहेको टोलीको प्रशिक्षकमा प्रशान्त महर्जन रहेका छन् । साउन ८ गते टोली डेनमार्क फर्कने र साउन १६ गते स्वदेश फर्कने तयारी रहेको प्रबन्धक रावलले बताए । स्कुलको टोलीले यसअघि अमेरिका र चीनमा पनि प्रतियोगितामा भाग लिएको थियो ।
टोलीलाई विदाई गर्दै मोर्डन इन्डियनका प्रधानाध्यापक राजु पिटरले यस्ता प्रकारको सहमागिताले अन्तर्राष्ट्रिय स्तरमा विधार्थीको प्रतिभा प्रस्फुटन हुनुका लागि उनीरुमा आत्म विश्वासको विकास हुने विश्वास व्यक्त गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]